FAQs Complain Problems

समाचार

जुगल गाउँपालिका परिचय

जुगल गाउँपालिका बागमती प्रदेश अन्तरगत  सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो गाँउपालिकाकाे कुल क्षेत्रफल ५९२ वर्ग कि.मी. छ । याे गाउँपालिका राजधानी काठमाण्डाै बाट करिब ९० कि.मि उत्तरपुर्वमा अवस्थित छ । पुर्वमा भाेेटेकाेशी  गाउँपालिका र बाह्रिविसे नगरपालिका, पश्चिममा पाँचपाेखरी गाउँपालिका, दक्षिणमा चाैतारा साँगाचाेकगढी नगरपालिका र वलेफि गाउँपालिका, र उत्तरमा चीन काे सिमाना रहेकाे यस गाउँपालिका सिन्धुपाल्चाेक जिल्लाकै सबैभन्दा ठूलाे गाउँपालिका हाे ।याे गाउँपालिका अविरल वगिरहने ब्रम्हायणाी नदीकाेे शिरमा पर्दछ । यस गाँउपालिकामा ७ वटा वडा  (साबिक सेलाङ, गाेल्चे, गुम्बा, पाङताङ, बराम्ची, हगाम गा.वि.स) छन । यस गाउँपालिकाकाे मुख्य पर्यटकीय स्थल  जुगल हिमाल हाे।   २०६८ को जनगणना अनुसार यो गाउँपालिकाको जम्मा जनसंख्या १९२२३ रहेको छ । यहाँका बासिन्दाहरुको मुख्य विशेषता भनेको धार्मिक र सास्कृतिक विविधतामा एकता हो । यहा विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु , बौद्ध र  क्रिचियनहरुको  बसोबास रहेको छ। जसले सार्वलौकिक सस्कृती झल्काउछ । यहाको मुख्य भाषा भनेको  तामाङ, नेपाली, शेर्पा, नेवारी हो । यस क्षेत्रकाे मुख्य आयस्राेतहरू कृषि, पशुपालन, जडिबुटी ब्यबसाय आदि हुन । जल स्राेतकाे धनी रहेकाे याे गाँउपालिकामा साना र ठुलाे गरी करिब १०  वटा जलबिध्युत आयोजना छन्।